
काठमाडौं, ७ वैशाख । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको बैंकले जनाएको छ ।
बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख छ । बैंकको प्रतिशेयर आम्दानी १२ पैसा बढेर १९ रुपियाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।















प्रतिक्रिया