३ कार्तिक २०८३, मंगलबार

भूकम्पसँग फोन सम्पर्क-‘हेलो, भूकम्प कहिले रोकिन्छ ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

phone-callकाठमाडौं, १० जेठ । ‘हेलो, भूकम्प कहिले रोकिन्छ ?’ अब ठूलो भूकम्प आउँछ कि आउँदैन ?’ राष्ट्रिय भूकम्प मापन केन्द्रका कर्मचारी अहिले दिनहुँ यस्ता प्रश्न सुन्दै जवाफ दिन अभ्यस्त भईसकेका छन् ।

शक्तिशाली भूकम्प गएको एक महिना बित्न लाग्दा पनि निरन्तर पराकम्पनको धक्का नरोकिएपछि केन्द्रमा टेलिफोन गरेर जिज्ञासा मेटाउने सर्वसाधारणको संख्या दैनिकजसो बढ्दै गएको छ ।

केन्द्रका अनुसार, अहलिे दैनिक औसत दुइहजार फोन आईरहेका छन् । भूकम्पले अब क्षति पुर्‍याउँछ कि पुर्‍याउँदैन, बाहिर बस्ने कि घरभित्रै भन्ने जस्ता प्रश्न पनि बारम्बार टेलिफोनमार्फत सोधिने केन्द्रका भूगर्भविद् मुकुन्द भट्टराई बताउँछन् ।

विशेषगरी ठूला भूकम्प जाँदा तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा भूकम्प आउने संभावनाका अनावश्यक प्रचार हुँदाकेन्द्रको टेलिफोन धेरै व्यस्त हुन्थ्यो । भूकम्प सम्बन्धि अध्ययन गरिरहेका केही संस्थाले मिति तोकेर भूकम्प आउने जथाभावी प्रचार गरिदिँदा जवाफ दिन मुस्किल पर्ने उनले बताए ।

भूकम्पसम्बन्धी अनुसन्धानका लागि नेपालको वार्षिक बजेटभन्दा बढी खर्च गर्ने जापान समेत यसको पूर्वानुमानमा सफल हुन नसकेको उदाहरण दिँदै उनले हल्लाको पछि नलाग्न सर्वसाधारणलाई सुझाव दिए । गोरखापत्र दैनिकमा समाचार छ ।