
काठमाडौं, ७ वैशाख । खसी चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिकाका ३० वर्षीय हिमाल तामाङ गरेका छन् । उनलाई प्रहरीले खाँडादेवी गाउँपालिका–२ बाट पक्राउ गरेको हो ।
हिमालले चुल्ठेपानीका मनोज बुढाथोकीको दुई वटा खसी चोरेका थिए । चोरेको खसी बेच्दा बेच्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया