काठमाडौं, १० जेठ । महाभूकम्पपछि बालबालिका अभिभावकबिहीन हुने क्रमसँगै अवैध बाल तस्करी समेत बढ्न थालेको छ । सरकारी नियनलाई पत्तै नदिइ भूकम्प अति प्रभावित दोलखाबाट भारत, देहरादुन लैजान राजधानी ल्याएर राखिएका १९ बालबालिकाको प्रहरीले उद्धार गरेको हो ।
प्रहरीले बालबालिका अवैध ओसारपसारमा सम्लग्न अभियोगमा २ भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ । देशदुरानस्थित ‘पेस्तालोजी चिल्डेन भिलेज’ नामक संस्थाले बिनाअनुमति दोलखाबाट उपत्यका ल्याएर राखेका ११ बालक र ८ बालिका काठमाडौं र ललितपुरमा फेला परेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया