३० कार्तिक २०८३, सोमबार

चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बारा आउँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बारा आउने भएका छन् ।

बाराको पचरौतामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा आउन लागेका हुन् ।

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा आउन लागेको एमाले पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज अच्युत मैनालीले जानकारी दिए । अध्यक्ष ओली मध्यान्न १२ बजे सिमरा विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको मैनालीले बताए ।

बारा-२ मा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार छन् । अध्यक्ष ओली केही दिन अघि नै तीन वटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भए पनि स्वास्थ्यमा केही समस्या आएका कारण जान सकेका थिएनन् ।

स्वास्थ्यमा सुधार आएसँगै अध्यक्ष ओली आज बारामा हुने आमसभालाई सम्बोधन गर्न जान लागेको उनको सचिवालयले जनाएको छ ।

वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।