३० कार्तिक २०८३, सोमबार

त्रिभुवन विमानस्थल बिहान ७ बजेसम्मका लागि पूर्ण बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहीबार बिहान ७ बजेसम्मका लागि पूर्ण बन्द रहेको छ ।

बिहीबार बिहान १ बजेबाट बन्द रहेको विमानस्थल बिहान ७ बजेसम्मका लागि ६ घण्टा बन्द रहेको छ । विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान अवतरण बन्द रहेको छ ।

विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द गरिएको विमानस्थलले जनाएको छ ।