काठमाडौं, १० जेठ । ‘आए, आए, आए प्रेतात्माहरु आए, भूकम्पपीडितहरुको उद्धार, राहत खाने प्रेतात्माहरु आए ।’ तपाईंहरु बारीको डिलमा चिल्लीविल्ली अवस्थामा रहेका पीडितबीच २२ औं दिनमा आउने होइन । हामीले तपाईहरुजस्ता प्रेतात्माको काजकिरिया पनि सकिसकेका छौं ।
राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिअन्तर्गत रामेछाप जिल्ला उपसमितिका सदस्यहरुसँग त्यहाँका भूकम्पपीडितले भनेको भनाइ सभासद् रामकुमार राईले सुनाए ।
उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै राईले भने, ‘ रामेछापको उत्तरी भेगका करिब एक दर्जन गाविसका जनताले हामीलाई प्रेतात्माको संज्ञा दिए । यो मुलुकमा राज्य, संसद, दल र नेताहरु पनि छन् र ? भए पनि ती प्रेतात्माको काजरिरिया सकिसकेको छौं ।
आमजनतालाई परेको विपतमा पनि तपार्इंहरुले पीडितको नाममा राजनीति गरी हामीलाई उद्धार र राहतमा आएको सामग्री समेत दिन नसकेकोमा धन्यवाद छ ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया