३ कार्तिक २०८३, मंगलबार

युवराज सफललाई कारबाही गर्न माग गर्दै संसदमै उठ्यो आवाज

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्वा हालेर चर्चामा आएका युवराज पौडेल सफललाई कारबाही गर्न माग गर्दै संसदमै आज उठेको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका हुन् ।

सफलले पूर्व मन्त्रीसमेत रहेका बडुको दोहोरो नागरिकता रहेको आरोप लगाउँदै सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकोमा उनले आपत्ति जनाएका हुन् ।

‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दु:ख व्यक्त गर्दछु । ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु,’ उनले भने।

बडुले पौडेलले लगाएको आरोपले आफ्नो प्रतिष्ठामा आँच परेको भन्दै छानबिन गरेर कारबाही गर्न माग गरेका हुन् ।