३ कार्तिक २०८३, मंगलबार

हेटौंडामा बाघको आक्रमणबाट दुईजना घाइते, एक जनाको अवस्था गम्भीर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सयफूटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट एक वृद्धसहित दुई जना घाइते भएका छन्।

बुधबार बिहान घर नजिकैको वनमा बाख्रा चराउन पुगेका दुईजना बाघको आक्रमणमा परेर घाइते भएका हुन् । घाइते हुनेहरुमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान रहेका छन्।

थिङको घाँटीमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको छ ।

घलानको दाहिने कुम, ढाडको बाँयातर्फ र छातिमा टोकेको छ । उनका अनुसार दुबैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय मकवानपुरमा जंगली जनावरको आतंक बढ्दै गएको छ।

यसअघि जिल्लामा गत फागुनमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने बाघकै आक्रमणमा एक महिला घाइते भएकी थिइन् ।