
काठमाडौं, ६ वैशाख । वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनका लागि भोलि मध्यराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
बिहीबार राति १२ बजेबाट प्रचारप्रसारका कुनै पनि कार्य गर्न पाइदैन ।
चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट निर्वाचन सम्बन्धी कुनै पनि प्रचारप्रसार गर्न नपाउने व्यवस्था रहेको छ ।
चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदैछ ।















प्रतिक्रिया