
काठमाडौं, ६ वैशाख । लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सहभागि थिए ।












प्रतिक्रिया