३० कार्तिक २०८३, सोमबार

मकवानपुरको बकैयामा डढेलोले दुई घर जलेर नष्ट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ वैशाख । पूर्वी मकवानपुरको बकैया-६ ठूलो ज्यामिरेमा वनमा लागेको डढेलोले दुई घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

मंगलबार दिउँसो स्थानीय ६५ वर्षीया दुर्गा माया भोलनको घर, गोठमा आगलागी हुँदा घर रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको तर घर जलेर नष्ट हुनुको साथै ७ वटा बाख्रा, १२ वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, गोठसहित अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद, पुरानो सिक्का लागाएत नष्ट हुँदा करिब सात लाख पाँच हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, वनको डढेलोको आगलागीबाट सोही स्थानका ६२ वर्षीय लालबहादुर लो को खरले छाएको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको तर घरमा भएको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।