
कास्की, ५ वैशाख । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गरेका नेता चुडामणि जंगली नेकपा एमालेमै फर्किएका छन् ।
आज मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेता जंगलीलाई पार्टीमा स्वागत गरे ।
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए ।
माधव नेपालबाट पार्टी नचल्ने र नेकपा समाजवादी पार्टी चाँडै नै विघटनको संघारमा पुगेको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।















प्रतिक्रिया