२९ आश्विन २०८३, बिहिबार

कोरोना संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु, १७१ जना नयाँ संक्रमित थपिए

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ५ वैशाख । कोरोना भाइरसको संक्रमणबाट एकै दिन थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा ज्यान गुमाउनेको कुल संख्या १२ हजार २२५ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २९२ जनाको स्वाब परीक्षण गर्दा १७१ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र एक हजार ३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ जना छ । सक्रिय सङ्क्रमितमध्ये २२ जना आइसोलेसन, ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।