२९ आश्विन २०८३, बिहिबार

‘जुनेली रात’मा रोहित र दुर्गाको रोमान्स (फोटो/भिडिओ)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर पहिलो सांगितिक कोसेली ‘जुनेली रात’ सार्वजनिक गरेका छन् ।

गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा स्वयम् गायक रोहित सिंह थापा र दुर्गा भण्डारीबीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

मेलवर्नका विभिन्न रमणीय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको सुन्दर दृश्यलाई छायाँकन ग्यान्योनले गरेका हुन् । पोष्ट प्रोडक्सनको काम जी क्रियशनले गरेको छ । भिडियो गायक थापाको युट्युव च्यानल ‘रोहित सिंह थापा’मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् फोटो तथा भिडिओ–