
काठमाडौं, ५ वैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।
तिमिल्सिनाले शर्मालाई आज मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा सक्रिया रहँदै आएका छन् । २०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गरेका उनी यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए ।
नेपाल समाचारपत्र दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायत विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव शर्मासँग छ ।
शर्मा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष समेत थिए ।















प्रतिक्रिया