२९ आश्विन २०८३, बिहिबार

एसीसी प्रिमियर कपमा नेपालको सानदार विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । नेपालले एसीसी प्रिमियर कपमा मलेसियामाथि ६ विकेटको सानदार जित हात पारेको छ ।

टीयु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले सानदार विजयी सुरूवात गरेको हो ।

योसँगै घरेलु टोली नेपालले पहिलो खेलमा जितका साथ महत्वपूर्ण दुई अंक बटुलेको छ ।

जितका लागि २३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कुशल मल्ल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे । चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहे ।