२९ आश्विन २०८३, बिहिबार

फाष्ट ट्रयाकको अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्ड मकवानपुरको बकैयामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ५ वैशाख । निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको अनुगमन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बकैया–५ राजदमार आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत अनुगमनमा आएका प्रधानमन्त्री प्रचण्डले यसअघि मकवानपुरकै भीमफेदी–८ महादेवटार र लेनडाँडास्थित फाष्ट ट्रयाकको निर्माणाधीन सुरुङ मार्गको अनुगमन गरेका थिए ।

फाष्ट ट्रयाकको अवलोकनको क्रममा प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गको काम सन्तोषजनक रहेको पाइएको बताए ।

सरकारले द्रुतमार्गलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गका लागि आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने बताए ।

अनुगमनमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शंकरदास बैरागी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो ।

अनुगमनपछि प्रधानमन्त्रीसहितको टोली काठमाडौं फर्किएको छ ।