३ कार्तिक २०८३, मंगलबार

एकीकृत समाजवादीले संगठन सुदृढीकरणका लागि थप दुई महिना अभियान चलाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सचिवालयको निर्णयअनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए ।

बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको तयारीका बिषयमा छलफल भएको थियो ।