
काठमाडौं, ५ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।
संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीका साथै पीडकलाई सजायको व्यवस्थासहित संक्रमणकालीन न्याय सम्बन्धी कानून अघि बढाउनुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले प्रदर्शन गरेको थियो । उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् ।















प्रतिक्रिया