
काठमाडौं, ५ वैशाख । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सडक आन्दोलन गर्ने भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकका बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्रप्रसाद लिङदेनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुपर्नेमा उल्टै पीडितमाथि सरकारले आक्रमण गरेको भन्दै यथाशिघ्र माग सम्बोधन नभए सडक आन्दोलनमा जाने बताएका हुन् ।
‘देशमा कसैले पनि अन्याय सहनु पर्दैन । राज्य अभिभावक छ भनेर उभिनुपर्ने ठाउँमा मिटरव्याज पीडितहरुलाई सरकार ले आक्रमण गरेको छ । सरकारले पीडितहरुको मागलाई सम्बोधन गरोस् । अन्यथा राप्रपा पनि उनीहरुको साथमा सडक संघर्षंमा जाने घोषणा गर्छु,’ लिङ्देनले भने ।















प्रतिक्रिया