३ कार्तिक २०८३, मंगलबार

ऊर्जा क्षेत्रमा थप लगानी जुटाउनुपर्ने आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजनामा मंगलबारबाट काठमाडौंमा सुरु भएको पावर समीट २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिएको भन्दै थप लगानी जुटाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको धारणा राखे । सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा जलबिद्युत आयोजनालाई अघि बढाउनका लागि सरकार अघि बढिरहेको प्रचण्डले जानकारी दिए ।

प्रचण्डले देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रीड विस्तार गर्न र अफ ग्रीड प्रविधिमा लगानी विस्तार गर्दै स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले पावर समीटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने धारणा राखे ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ सुरु पावर समिट बुधवारसम्म चल्नेछ । सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी छन् ।