१ कार्तिक २०८३, आइतबार

‘सकम्बरी’ गीत विवादमा, प्रकाश भने अमेरिकामा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी विवादमा परेको छ।

युट्युबमा रिलिज दोस्रो दिनबाटै युट्युबको ट्रेन्डिङ एकमा कब्जा जमाइरहेको गीत विवादमा तानिएको हो ।

गीतमा प्रयोग भएका शब्दहरू र देखाइएका दृश्यहरूलाई लिएर कतिपयले आपत्ति जनाइरहेका छन् । गीतमा महिलालाई गलत देखाउने प्रयास भएको भन्दै महिला अधिकारकर्मीहरूले आपत्ति जनाइरहेका छन् ।

गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको आरोप लागिरहेको छ । यसअघि सपुतको पीर शीर्षकको गीत पनि विवादमा तानिएको थियो ।

गीतको भिडियोमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए। गीत विवादमा पर्दा सपुत भने अमेरिकामा छन् ।