
काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने महानगरपालिकाको निर्णयविरूद्व रिट परेको हो । रिटको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ ।
सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए । जसका कारण दश दिनदेखि फोहोर उठ्न सकेको छैन ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।















प्रतिक्रिया