
काठमाडौं, ४ वैशाख । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टका विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा बैंकले ल्याण्डमार्क होटेल्ससँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसार ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट काठमाडौं, पोखरा र चितवनबाट ऐकोमोडेसन फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रू. २ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको तीन कार्य दिनभित्र सर्वशुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ ।















प्रतिक्रिया