
काठमाडौं, ४ वैशाख । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच२४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
एभरेष्ट बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरे ।
सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।
ग्राहकहरुले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको स्मार्ट क्युआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरूलाई थप सुबिधा पुग्ने विश्वास बैंककोे छ ।















प्रतिक्रिया