३ कार्तिक २०८३, मंगलबार

मनोमानी रुपमा बनाइएका मापदण्ड विपरितका घर पहिला घत्काइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goganbu-Bhukampa5काठमाडौं, १० जेठ । सरकारले भूकम्पपछिका जोखिमयुक्त घरहरुलाई चरणबद्ध रुपमा हटाउने तयारी गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जोखिमका आधारमा घरहरुलाई वर्गीकरण गरी भत्काउने योजना बनाएको हो ।

सबैभन्दा पहिले अत्यन्त जोखिमयुक्त घरहरुदेखि कम जोखिमयुक्त हुँदै चरणबद्ध रुपमा नक्सा पास नगरी मनोमानी ढंगले निर्माण भएका घरहरु भत्काउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराइले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

काठमाडौं उपत्यकामा १७ सय जोखिमयुक्त घरमध्ये करिव २ सय अति नै जोखिमयुक्त भएको सूचना पाएका छौं, भट्टराईले भने ।