३ कार्तिक २०८३, मंगलबार

बालकोट बैठक: प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र  एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीस नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

नेताहरूबीच संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।