
काठमाडौं, ४ वैशाख । प्रहरीले पेस्तोलसहित एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर-४ का वडाध्यक्ष कृष्ण वलीलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
घरमा अवैध हतियार राखेको भन्ने सूचनाका आधारमा वडाध्यक्ष वलीको घरमा खानतलासी गर्दा हतियार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
वडाध्यक्ष वलीमाथि हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।















प्रतिक्रिया