३ कार्तिक २०८३, मंगलबार

रविका चालक छतबाट खसेको घटना: सँगै सुतेका पार्टी प्रवक्ता ढकालका सवारी चालक पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेको घटनाको अनुसन्धानका लागि प्रहरीले पार्टी प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई पक्राउ गरेको छ ।

उनीहरू रातिसँगै बसेका थिए । उनीहरू राति दुई बजेसम्म नसुति बसेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

चालक थापा बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका ११ स्थित घरको छतबाट खसेका थिए ।

उनको अवस्था गम्भीर रहेको छ ।