३ कार्तिक २०८३, मंगलबार

आफैँले बोकेको बन्दुकको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । दाङको तुलसीपुरमा आफैँले बोकेका बन्दुक पड्किँदा गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको गएराति गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी आफैँले बोकेको एसएलआरको गोली लागेर उनको मृत्यु भएको बताइएको छ । तर, उनले आफैँलाई गोली हानेका हुन् वा झुक्किएर पड्किएको भन्ने खुल्न सकेको छैन ।

उनको घाँटीमा गोली लागेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।