२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा दुई संस्थालाई छात्रवृत्ति प्रदान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनलले दुई वटा संस्थालाई छात्रवृत्ति प्रदान गरेको छ ।

करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होम र कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्रलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो ।

बेबी लाइफ होमलाई आर्थिक सहयोगस्वरुप दुई लाख रुपैयाँ र कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्रमार्फत चन्दननाथ माविमा ३ वर्षे वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यही वैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा दुई वटा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम ३ वटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाइएको छ ।