
काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
केही दिनदेखि भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखा परेपछि अहिले उनी एन्टिबायोटिक औषधि प्रयोग गरेर घरमै आराम गरिरहेका छन् ।
स्वास्थ्यमा केही सुधार भइरहेको भए पनि तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनलक्षित तत्कालका चुनावी अभियानमा आफू सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।
यद्यपि, उनले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेल योग्य उम्मेदवार रहेकाले विजय गराउन सम्बन्धित निर्वाचन क्षेत्रका मतदातासमक्ष सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।















प्रतिक्रिया