
काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली सैनिक परिचालन गर्ने अनुमति दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषदको निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउने प्रयोजनका लागि सेना परिचालनको अनुमति दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया