२९ आश्विन २०८३, बिहिबार

थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि, आईसीयु र भेन्टिलेटरमा कति छन् बिरामी ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा ९९ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र एक हजार २४० जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ६४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७७ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३७ जना आइसोलेसन, ११ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख २ हजार १७८ जना पुगेको छ भने ९ लाख ८९ हजार ७७९ जनाले संक्रमण जितेर निको भएका छन् ।

कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २२ जनाको मृत्यु भइसकेको छ ।