
काठमाडौं, ३ वैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापाईंले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेपाली काँग्रेसका साउद र एकीकृत समाजवादी पार्टीकी चापाईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।
















प्रतिक्रिया