३ कार्तिक २०८३, मंगलबार

मेयर बालेनको समर्थनमा उत्रिए एमाले नेता महेश बस्नेत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको समर्थनमा उत्रिएका छन् ।

पछिल्लो समय बालेनको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका नेताहरूले आपत्ति जनाइरहेका बेला बस्नेत भने समर्थनमा उत्रिएका हुन् । केही दिनअघि बालेनले महानगरपालिकाको काममा सहयोग नगर्ने भए सिंहदरबार सार्न सरकारलाई चुनौती दिएपछि नेताहरूले उनको अभिव्यक्ति अराजक भएको भन्दै आपत्ति जनाएका थिए ।

नेता बस्नेतले मेयर बालेनको कुराको विरोध गर्नुपर्ने कुनै जरूरत नभएको बताएका छन् । बालेनले सिंहदरबारमा भएका अनियमितता र भ्रष्टाचार विरुद्धको विद्रोह गरेका बस्नेतको धारणा छ । बालेनको अभिव्यक्ति देशभरीको स्थानीय तहको आवाज भएको पनि उनले बताएका छन् ।

‘बालेनजीको कुराको विरोध गर्नुपर्ने कुनै जरुरत छैन, उहाँले त सिंहदरबारमा भएका अनियमितता र भ्रस्टाचार विरुद्धको विद्रोह गर्नुभएको हो। यो आवाज त देशभरीको स्थानीय तहको आवाज हो त्यसलाई हामीले साथ र समर्थन गर्नुपर्छ। बालेनप्रति मेरो आक्रोश छ भनेर मलाई नै आक्रमण गर्नुहुन्छ मिडियाका साथीहरु, तर बालेनको ढाडमा लागेको धुलो टकटक्याउने मात्र मेरो अभियान हो, उहाँको ढाड नै भाँच्ने मेरो अभियान कहिल‌े पनि थिएन। उहाँले‌ राम्रो गरिरहनुभएको छ र राम्रो काममा‌‌ हामी सबैको समर्थन सधै रहन्छ,’ उनले भनेका छन् ।