३ कार्तिक २०८३, मंगलबार

चलचित्र ‘जारी’ का निर्माताले दिए सामाजिक सञ्जालका ३२ एकाउन्टविरूद्व उजुरी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माताले प्रहरीमा उजुरी दिएका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले साइबर ब्यूरोमा उजुरी दिएका हुन् । उनले फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम गरी ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिएका हुन् ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो चलचित्रले आक्रमक कमाइ गरिरहेको छ । चलचित्रले दुई दिनमै चार करोडभन्दा धेरै कमाइ गरिसकेको छ ।

चलचित्रका दृश्यहरू टुक्रा टुक्रा पारेर टीकटक, फेसबुकमा अपलोड गरिएको छ । ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा आर्थिक नोक्सानी भएको भन्दै क्षतिपूर्तिसमेत माग गरिएको छ ।