३ कार्तिक २०८३, मंगलबार

बालकोटमा राखिएको बैठकमा गएनन् प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । आज बिहान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा राखिएको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले ओली निवासमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक राखेका थिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नगएपछि बैठक स्थगित भएको हो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत संसदमा विचाराधीन विधेयकबारे छलफल गर्न घिमिरेले ओली निवासमा बैठक राखेका थिए ।