३ कार्तिक २०८३, मंगलबार

रविले जिते चितवनमा दोस्रो पटक उपनिर्वाचन हुन्छ: योगेश भट्टराई

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन-२ मा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिते दोस्रो पटक उपनिर्वाचन हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यसअघि लामिछानेले जनतालाई जानी जानी ढाँटेको र अब पनि जनता लामिछानेकै पछि लागे अर्को उपनिर्वाचन हुने बताएका हुन् ।

देशको कानून उल्लंघन गर्दा चितवन-२ मा उपचुनाव गर्नुपरेको उनले बताए।

‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ । ‘यहाँका जनतालाई दु:ख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो,’ उनले भने ।

लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए ।