१ कार्तिक २०८३, आइतबार

पूर्वसांसद र उनका भाइको प्रहरीकै अगाडि गोली हानी हत्या

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसद र उनको भाइको गोली हानी हत्या भएको छ ।

पूर्वसांसद अतिक अहमत र उनका भाइ अशरफको गोली हानी हत्या भएको हो । उनीहरू पनि हत्या आरोपमै पक्राउ परेका थिए । अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्या आरोपमा पक्राउ परेका थिए ।

उनीहरूको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा पत्रकार बनेर आएका व्यक्तिले प्रहरीकै अगाडि गोली हानेर दुवैजनाको हत्या गरेका हुन् ।

प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पत्रकार बनेका आएका व्यक्तिले गोली हानेका थिए ।

हत्या गरिएका पूर्वसांसद अतिक गुण्डागर्दीबाट राजनीतिमा आएका थिए । उनका छोरा असद अहमद पनि केही दिनअघि प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।

प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्यापछि उनीहरूले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।