३ कार्तिक २०८३, मंगलबार

रौतहट गोली काण्ड: घटनामा संलग्न १६ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । शनिबार रौतहटको गढीमाई नगरपालिका-८ मा घटेको गोली काण्डमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सडक विस्तारका क्रममा झडप हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।

गोली लागेर अन्य दुई जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ । घटनापछि अधिकांशले गाउँ छोडेका बताइएको छ ।

मृतक यादवको शव परिवारले बुझ्न मानेको छैन । उनको शव अस्पतालमा राखिएको छ ।