
कास्की, २ वैशाख । नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बुद्धिजीवीहरूले वैचारिक क्षेत्रको काममा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।
मिसन ग्रासरुट अभियानअन्तर्गत पेशागत महासंघ र बुद्धिजीवी परिषदले आज पोखरामा आयोजना गरेको पेसाकर्मी बुद्धिजीवी भेला तथा नयाँ वर्ष २०८० को शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले समाजमा अराजकता र अनुशासनहीनता बढ्दै गएकाले बुद्धिजीवीहरूले विचारको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएकी हुन् ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा बुद्धिजीवी वर्गको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले समाजमा अराजकता र अनुशाशनहीनता बढेको तथा संस्कार हराउँदै गएको सन्दर्भमा बुद्धिजीवीहरूले मूल्यमान्यता स्थापित गर्न समाजमा सकारात्मक सोचको विकास गर्न लगातार लाग्न पर्ने बताइन् ।
कार्यक्रममा नेताहरू खगराज अधिकारी, कल्पना चापागाई र कृष्ण थापालगायत सहभागी थिए ।




















प्रतिक्रिया