२९ आश्विन २०८३, बिहिबार

थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ सङ्क्रममित आईसीयु र भेन्टिलेटरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट ९५६ जनाको स्वाब परीक्षण गर्दा ६४ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १५१ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४५ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७७ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।