२९ आश्विन २०८३, बिहिबार

किसान महासंघको अध्यक्षमा डा. प्रेम दंगाल चयन, पदाधिकारी र केन्द्रीय कमिटीमा को–को ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । अखिल नेपाल किसान महासंघको अध्यक्षमा पुन: डा. प्रेम दंगाल चयन भएका छन् ।

चैत ३० र वैशाख १ गते झापामा भएको महासंघको सातौं महासम्मेलनबाट दंगाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

महासम्मेलनले उपाध्यक्षमा खडकबहादुर खडका, रामशरण आलेमगर, सूर्यबहादुर शाही, बनुप्रसाद शिवाकोटी र राजकुमार उप्रेतीलाई चयन गरेको छ ।

यस्तै, महासचिवमा बाबुराम थापा, उपमहासचिवमा सरिता भुसाल र प्रेमनारायण अधिकारीलाई चयन गरेको छ । यसैगरी, सचिवमा कोशी प्रदेशबाट विश्वनाथ बराल, मधेश प्रदेशबाट उमेशप्रसाद गुप्ता, बागमती प्रदेशबाट कृष्ण अधिकारी, गण्डकी प्रदेशबाट बेगप्रसाद गर्बुजा, लुम्बिनी प्रदेशबाट आरती पौडेल, कर्णाली प्रदेशबाट टेकबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशबाट ताराकुमारी कार्की (खाती) चयन भएका छन् ।

महासम्मेलनबाट कोषध्यक्षमा सरस्वती बाटी चयन भएकी छिन् ।

हेर्नुहोस् केन्द्रीय कमिटीको पूर्ण विवरण–