१ कार्तिक २०८३, आइतबार

शेर्पाको ‘परदेशबाट म आको’ सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेशबाट म आको’ सार्वजनिक भएको छ ।

आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओराली, साथी-संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मनमा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी शेर्पाको शब्द, गायक तथा संगीत अशोक मुकारुङले लय भरेका छन् ।

गीतकार वाङदी शेर्पाको स्वरमा रेर्कड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गरेका छन् ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्डमेन्ट’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन छ ।

भोजपुर जिल्लाको भाम्राङमा जन्मिएका गायक तथा गीतकार वाङदी शेर्पा आफ्नो अध्यन र व्यवसायको सिलसिलामा केही समय धरान बसाइपछि, विगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका छन् ।

परदेशको कार्य व्यस्तताबीच समयलाई सदुपयोग गर्दै नेपाली गीत संगीतसँगै विभिन्न संघ सस्था र विशेषगरी सामाज सेवामा आफूलाई समर्पित गर्दै आएका छन् । उनले दुई दर्जन गीत लेखिसकेका छन् । छोटो समयको लागि स्वदेश आएका गीतकार तथा गायक शेर्पा आफ्नै शब्द र स्वरमा अब आउने गीति एल्बमको रेकर्डिङमा व्यस्त छन् ।