
काठमाडौं, १ चैत । आजदेखि विक्रम सम्वत २०८० साल सुरु भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासाका साथ एकापसमा शुभकामना दिएर मनाउने गरिन्छ ।
नयाँ वर्षको अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा संस्थामा सार्वजनिक बिदा दिने प्रचलन छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ ।
नयाँ वर्षको दिन प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।















प्रतिक्रिया