१ कार्तिक २०८३, शनिबार

कान्तिपुरको समाचार खण्डन गर्दै रवि लेख्छन्- नियोजित रुपमा भ्रामक सूचना सम्प्रेषण गरियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पत्रिकाले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै समाचारको खण्डन गरेका छन् ।

बिहीबार प्रकाशित कान्तिपुर पत्रिकाले ‘रविको फास्ट ट्य्राक: ७ दिने बोलपत्र गरेर ठेक्का’ विषयमा समाचार लेखेको थियो । जसमा राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको । पुस ११ मा गृहमन्त्रीको शपथ लिएको तेस्रो दिनमै कार्यविधि स्वीकृत गरेको, प्रतिस्पर्धामा एकमात्र कम्पनी उतारेर माघ १२ मा ठेक्का दिएको विषय उल्लेख गरेको थियो ।

समाचारको खण्डन गर्दै रविले पुस ११ गते शपथपछि सोही साँझ पदभार ग्रहण गर्दा कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने विषयमा पहिलो निर्णय आफैले लेख्न लगाई हस्ताक्षर गरेको उल्लेख गर्दै त्यसबाहेकका अन्य कामकारबाही आफू मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार नै अगाडि बढिसकेको स्पष्ट पारेका छन् ।

कार्यविधि आफूले गृहमन्त्रालयको कार्यभार सम्हाल्नुअघि नै मन्त्रालयमा तयार भएर तर्जुमाका लागि पेश भएको तथ्य मन्त्रालयका जोकसैलाई सोध्दा पनि हुने उनले बताएका छन् ।

रविले आफू मन्त्री भएर गएपछि कार्यविधि स्वीकृत भएको स्वीकार्दै प्रक्रियागत पहिलै अगाडि बढिसकेको काम आफ्नो ठाउँमा जो कोही भएको भएपनि स्वीकृत गर्नुपर्ने भएकाले आफूले स्वीकृत गरेको बताएका छन् ।