१५ कार्तिक २०८३, आइतबार

‘सरकार पीडित नेपाली जनतासँगै छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौँ, ९ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले सरकार भूकम्पपीडित नेपाली जनतासँगै रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विपद् व्यवस्थापन स्वयंसेवक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्पले पारेको विपत्तिको नेपाली जनताले सामना गरिरहेको बताउँदै भन्नुभयो, “जनताको पीडामा सरकार सँगै छ, अन्तर्राष्ट्रिय समुदाय छ, विपद्को यस घडीमा सबै एक भएर राहत, उद्धार एवम् नयाँ नेपाल निर्माणको अभियानमा लाग्नुपर्छ । ”

राष्ट्रको यस विपत्तिमा युवा वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै काँग्रेसका सभापति पनि रहनुभएका कोइरालाले नयाँ नेपालको निर्माणमा जुट्ने युवाको अठोट अत्यन्त प्रशंसायोग्य भएको र यसमा सहयोग पु¥याउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।