३ कार्तिक २०८३, मंगलबार

पार्टीको निर्णयको स्वागत गर्छु, न्यायालय गएर क्लिन चिट ल्याएर आउनेछु: ढाकाकुमार श्रेष्ठ (भिडिओसहित)

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाउन अडिओ आएकाले अदालत जाने बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अदालत गएर क्लिन चिट लिएर पुन आउने बताएका हुन् । श्रेष्ठले अडिओ आफ्नो नभएको भन्दै नक्कली भएको दाबी गरे ।

उनले अडिओ उपनिर्वाचनलाई लक्षित गरी सुनियोजित रूपमा ल्याइएको पनि बताए ।

‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो,’उनले भने ।